समय : ११:४३ pm | मङ्गलबार , माघ २७ गते २०८२

आजसम्म कायम शेयरधनीले नेको इन्स्योरेन्स लाभांश पाउने

अर्थ विशेष | माघ २२ गते २०८२

काठमाडौं । नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ २२ गते अन्तिम दिन रहेको छ।

कम्पनीले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ यही माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज माघ २२ गते (माघ २३ गते शुक्रबार र माघ २४ गते शनिबार)सम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।कम्पनीले आफ्नो ३० औँ वार्षिक साधारणसभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको नक्सालस्थित रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ३ प्रतिशत बोनस शेयर र करसहित १२.७८९४ नगद लाभांश छन्।

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै रायसुझाव वा फेरबदल गर्न निर्देशन भएमा सोहीमोजिम गर्न सञ्चालक समितिको अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष२०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्