समय : ११:३६ pm | मङ्गलबार , चैत्र १० गते २०८२

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा नारायणी क्षेत्रका तीन शाखा कार्यालय स्थान्तरण

अर्थ विशेष | मंसिर २१ गते २०८२

काठमाण्डौ । सेवा पहुँच विस्तार र ग्राहक अनुभव सुदृढ बनाउने रणनीतिअन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणी क्षेत्र अन्तर्गत टाडि शाखा (रत्ननगर टाडि २ ), भरतपुर शाखा (भरतपुर ३, शहिद चोक, नारायणघाट) र चनौली शाखा (भरतपुर १८) गरि तीन शाखालाई नयाँ तथा आधुनिक संरचनायुक्त स्थानमा स्थानान्तरण गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ कार्यालयमार्फत कम्पनीले विद्यमान तथा नयाँ पोलिसीहोल्डरलाई अझ छरितो, सहजर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ।
स्थानान्तरण उद्घाटन समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, र प्रदेश प्रमुख ईश्वर बिकल सापकोटा, तथा सम्बन्धित शाखा प्रबन्धक तथा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सन नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सेवा गुणस्तर, पारदर्शिता र ग्राहक हितलाई प्राथमिकतामा राख्दै देशभर सरोकारवालामैत्री सेवा विस्तारका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

हाल, सन नेपाल लाइफले देशभर १४८ शाखा तथाउप–शाखाबाट जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्