समय : ०३:२५ am | सोमबार , पौष ७ गते २०८१

धनगढीको ‘नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम’का लागि शिखर इन्स्योरेन्सको सहयोग

अर्थ विशेष | असार ६ गते २०८१

काठमाडौं । धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमका लागि शिखर इन्स्योरेन्सले सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । उपमहानगरले स्थापना गरेको नगरप्रमुख शैक्षिक सुधार कोषमा कम्पनीले १३ लाख १५ हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ ।

कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख डिल्लीराज शर्माले नमुना विद्यालयमा अध्ययनरत २५० जना बालबालिकाका लागि नगरप्रमुख गोपाल हमाललाई १३ लाख १५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

धनगढी उप–महानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनोट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि उक्त कोषमा रकम सहयोग गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्