समय : १०:५६ pm | मङ्गलबार , कार्तिक १८ गते २०८२

नेसनल लाइफ इन्स्योरेन्सले पुनर्निर्माण कोषलाई दियो एक करोड, एनएलजीको २५ लाख

अर्थ विशेष | कार्तिक १८ गते २०८२

काठमाडौँ । नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोष मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीले कुल १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

आज (मंगलबार) अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा दुवै कम्पनीले सहयोग रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

नेशनल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले १ करोड रुपैयाँ तथा एनएलजी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डे का अनुसार मंगलबार प्राप्त भएको यो रकमसहित उक्त कोषमा हालसम्म ७ करोड ५१ लाख ६० हजार ४३९ रुपैयाँ संकलन भइसकेको छ ।

प्रतिक्रिया

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्