समय : ०२:१७ am | शनिबार , कार्तिक १४ गते २०८२

बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त

अर्थ विशेष | असाेज १० गते २०८२

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी जनकराज शर्माले पाएका छन् ।
अर्थमन्त्रालयको सहसचिवको रुपमा कार्यरत शर्मालाई मन्त्रिपरिषदको असोज ९ गते बसेको बैठकको निर्णयअनुसार बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिइएको हो ।
अध्यक्ष शर्माले शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसँग पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले आज नै पद बहाली गर्ने कार्यक्रम रहेको बताइएको छ ।

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझालाई तत्कालीन ओली सरकारले बर्खास्त गरेपछि सो पद रिक्त थियो ।

अदालतलेको आदेश बमोजिम ओझा केही दिनअघि प्राधिकरणमा गएर कार्यभार सम्हालेका थिए । तर, अर्थमन्त्रीको आदेश र पत्रपछि उनलाई प्राधिकरण जान रोकिएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्