समय : ०३:३२ am | सोमबार , पौष ७ गते २०८१

काठमाडौं ज्ञानेश्वरको सहरी स्वास्थ्य केन्द्रले सुरु गर्‍यो स्वास्थ्य बीमा

अर्थ विशेष | वैशाख २९ गते २०८१
काठमाडौं । काठमाडौं महानगरपालिका-३० मा ज्ञानेश्वरमा रहेको सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रले स्वास्थ्य बीमा कार्यक्रमको सुरु गरेको छ। शनिबार आयोजित कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा र बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले सेवाग्राहीलाई बीमा कार्ड हस्तान्तरण गरी बीमाको शुभारम्भ गरेका हुन्। सो अवसरमा महामन्त्री थापाले स्थानीय सरकारले नागरिकहरुको प्राथमिक र आधारभूत स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए। त्यही सोचका साथ सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र प्रारम्भ भएको उनले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्