समय : ०५:३९ pm | बुधबार , चैत्र ११ गते २०८२

रिलायबल नेपाल लाइफमा आबद्धले नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसमा छुट पाउने

अर्थ विशेष | जेठ १२ गते २०८२

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसै अनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीलाई नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसको स्वास्थ्य उपचारमा १० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो ।

समझदारीपत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सहायक माहाप्रवन्धक सैलेन्द्र श्रेष्ठ र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसका प्रशासन प्रमुख सन्तोस निरौलाले हस्ताक्षर गरे ।यो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुट सुविधाको लाभ लिन सक्नेछन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्