समय : ०५:४५ pm | बुधबार , चैत्र ११ गते २०८२

सिटिजन लाइफले व्यतित बीमालेख नवीकरणमा शतप्रतिशत ब्याज छुट दिने

अर्थ विशेष | जेठ १२ गते २०८२


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा व्याज छुट दिने भएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्कमा २०८२ जेठ १ २ गतेदेखि जेठ २७ गतेसम्म शतप्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

२ वषर््सम्म व्यतित भएका बीमालेखमा १०० प्रतिशत, २ वर्षदेखि ३ वर्षसम्म व्यतित भएका बीमालेखमा ७५ प्रतिशत र ३ वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने जनाएको छ ।यस छुट बीमा अवधिभरी एक पटक मात्र पाइने कम्पनीले जनाएको छ । सो अवधिसम्ममा नविकरण शुल्क भुक्तानी गरी आफ्नो आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्