समय : ०५:३९ pm | बुधबार , चैत्र ११ गते २०८२

पोखरामा एशियन लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

अर्थ विशेष | जेठ ७ गते २०८२

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज जेठ ७ गते पोखरा महानगरपालिका वडा नं. ३२ मा कायृक्रम सम्पन्न गरेको हो । नेपाल बीमा प्राधिकरणले सबैमाझ बीमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यले सबै बीमा कम्पनीहरुलाई सचेतना कार्यक्रम गर्न निर्देशन दिएसँगै कम्पनीले सो कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले सात मुहाने आमा समुहको माझमा बीमा सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ३० जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रबन्धक बद्रीनाथ पौडेलले बीमाको परिचय, आवश्यक्ता, महत्वको बारेमा प्रकाशन पारेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्