समय : ०४:२६ pm | बुधबार , चैत्र ११ गते २०८२

आइएमई लाइफ इन्स्योरेन्समा आबद्धले प्रेम दरबारको सेवामा ५०% सम्म छुट पाउने

अर्थ विशेष | जेठ ६ गते २०८२


काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब प्रेम दरबार होटलको जिपलाइनको टिकटमा ५० प्रतिशत र होटलका सम्पूर्णसेवामा ३५ प्रतिशत छुट प्राप्त हुने भएको छ । सो सम्बन्धी होटल र कम्पनीबीच सम्झौता भएको हो ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।छुट सुविधा लिनका लागि प्रेम दरबार होटलको टिकट काउन्टरमा गई जिपलाइनको टिकट खरिद गर्नुपर्नेछ । उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाइ सहज र स्तरीय बनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्