समय : ०१:१४ pm | बुधबार , चैत्र ११ गते २०८२

नेको इन्सुरेन्सले डाक्यो साधारण सभा

अर्थ विशेष | वैशाख १९ गते २०८२


काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले २९ औं साधारण सभा आगामी जेठ ९ गते आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभा सो दिन बिहान ११ बजे काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा आयोजना हुनेछ । सभामा आर्थिक वर्ष २०८०÷८० का लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।\\

यस्तै बोनस सेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सोहि अवधिको नाफा नोक्सान,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । यस्तै चालु आवको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख २९ गतेसम्म नेप्सेका कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्