समय : ०४:०७ pm | बिहिबार , वैशाख ११ गते २०८२

नेपालगञ्जका २ वडामा आवासीय बिमा सुरु

अर्थ विशेष | चैत्र २८ गते २०८१

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ३ र ७ मा आवासीय घर बिमा कार्यक्रम सुरु गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बीमितलाई बिमाको प्रमाणपत्र हस्तान्तरण गरेर बुधबारदेखि आवासीय बिमा सुरु गरेका हुन् । उपमहानगरप्रमुख विष्टले आवासीय घर बिमा कार्यक्रमले विपद् जोखिममा रहेका परिवारलाई आर्थिक रुपले सशक्त बनाउन खोजिएको बताए । उनले विपद्पछि पनि परिवारमा थप पीडा नहोस् भनेर न्यून आय भएका परिवारलाई लक्षित गरेर आवासीय बिमा कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

‘भूकम्प, बाढी तथा डुबान, आगलागीबाट हुन सक्ने जोखिमलाई यसले ठूलो राहत दिन सक्छ’ उनले भने । विपद् जोखिम न्यूनीकरणका लागि सुरु गरिएको यस कार्यक्रममा पहिलो चरणमा २ वडाका २ वडाका करिब ७५० घरमध्ये १५१ समावेश हुनेछन् । २ वडामध्ये नेपालगञ्ज–३ का १०९ र ७ का ४२ घर समेटिएका छन् । ‘विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाइसकेका छौं । यसले विपद्पछिको पीडा कम गर्न काम गर्ने छ’ नगरप्रमुख विष्टले भने ।

काठमाडौं : नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ३ र ७ मा आवासीय घर बिमा कार्यक्रम सुरु गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बीमितलाई बिमाको प्रमाणपत्र हस्तान्तरण गरेर बुधबारदेखि आवासीय बिमा सुरु गरेका हुन् । उपमहानगरप्रमुख विष्टले आवासीय घर बिमा कार्यक्रमले विपद् जोखिममा रहेका परिवारलाई आर्थिक रुपले सशक्त बनाउन खोजिएको बताए । उनले विपद्पछि पनि परिवारमा थप पीडा नहोस् भनेर न्यून आय भएका परिवारलाई लक्षित गरेर आवासीय बिमा कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

‘भूकम्प, बाढी तथा डुबान, आगलागीबाट हुन सक्ने जोखिमलाई यसले ठूलो राहत दिन सक्छ’ उनले भने । विपद् जोखिम न्यूनीकरणका लागि सुरु गरिएको यस कार्यक्रममा पहिलो चरणमा २ वडाका २ वडाका करिब ७५० घरमध्ये १५१ समावेश हुनेछन् । २ वडामध्ये नेपालगञ्ज–३ का १०९ र ७ का ४२ घर समेटिएका छन् । ‘विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाइसकेका छौं । यसले विपद्पछिको पीडा कम गर्न काम गर्ने छ’ नगरप्रमुख विष्टले भने ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्