समय : ०३:०७ am | शनिबार , वैशाख २६ गते २०८२

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच सम्झौता

अर्थ विशेष | चैत्र १३ गते २०८१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार संघमा रहेका ट्रकहरूको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्नेछ।

सम्झौतापत्रमा सलिको इन्स्योरेन्सका नायब महाप्रबन्धक कवि राज पौडेल र संघका अध्यक्ष मोहन सिंह साउदले हस्ताक्षर गरेका छन्। सम्झौता आदानप्रदान कार्यक्रममा सलिको इन्स्योरेन्सका प्रदेश प्रमुख धर्मराज बडु, शाखा प्रमुख हेमन्त लामिछाने, संघका पदाधिकारी तथा यातायात व्यवसायीहरूको उपस्थिती रहेको थियो।

सम्झौताअनुसार, संघमा आबद्ध ट्रकहरूको व्यापक बीमा सलिको इन्स्योरेन्सबाट हुनेछ। साथै, भविष्यमा कुनै पनि बीमा दाबी परेमा भुक्तानी प्रक्रिया थप सहज, सरल र छिटो हुने व्यवस्था मिलाइएको जनाइएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्