समय : ०३:३८ am | बिहिबार , माघ २१ गते २०८२

नेपाल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

अर्थ विशेष | फागुन २५ गते २०८१

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । फागुन २४ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले आव २०८०/८१ का लागि हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांशमा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्