समय : ०३:१५ am | शुक्रबार , वैशाख ११ गते २०८२

एशियन लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुटको व्यवस्था

अर्थ विशेष | फागुन १९ गते २०८१

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले व्यतित बीमालेख पुर्नजागरण वा नविकरण गराउँदा ५० प्रतिशतसम्म ब्याज छुटको घोषणा गरेको हो । कम्पनीले २०८१ माघ मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका(पूर्ण व्यतित भएका)बीमालेखहरुमा फागुन १९ गतेदेखि चैत १९ गतेभित्र नविकरण गर्ने बीमितहरुलाई छुट प्रदान गरिने जनाएको छ । कम्पनीले ५ वर्षदेखि माथिको अवधिका लागि ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिका लागि २५ प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ ।

२ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एकपटक ब्याज छुट लिईसकेका बीमितहरुलाई पुनःब्याज छुट प्रदान गरिने छैन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्