समय : ०२:१० am | बिहिबार , माघ २१ गते २०८२

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

अर्थ विशेष | फागुन ९ गते २०८१

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैठकले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल २८.४ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्