समय : ०८:११ am | सोमबार , पौष ८ गते २०८१

आइएमई लाइफका ग्राहक तथा अभिकर्ताहरुलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

अर्थ विशेष | जेठ २१ गते २०८१

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन् ।

दुई संस्थाबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएपश्चात कम्पनीका अभिकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा विशेष छुट पाउनेछन् ।

यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताहरुले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको कम्पनीका अन्डर्राईटिङ प्रमुख सुदिप राणाले सम्झैता आदान–प्रदान कार्यक्रममा बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्