समय : १२:४५ am | बिहिबार , माघ २१ गते २०८२

प्रभु महालक्ष्मी लाइफको २.२१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | फागुन ६ गते २०८१

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी माउन्टेन इन्फ्रा कम्पनीको स्वामित्वमा रहेको २ लाख २१ हजार ६५० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यसअघि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले अन्य व्यक्ति तथा कम्पनीका लागि यो सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । लगानीकर्ताले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्