काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९ /८० को सञ्चित मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको २१.०५ प्रतिशत बोनश र कर प्रयोजनार्थ १.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि लगानीकर्ताले पाउने छन् ।
कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँ छ ।