समय : १२:०७ am | सोमबार , कार्तिक १६ गते २०८२

रिलायबल नेपाल लाइफका ग्राहकले अन्नपुर्ण केबलकारमा ३०% छुट पाउने

अर्थ विशेष | पौष १७ गते २०८१

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता,कर्मचारी र पोलिसीहोल्डरले पोखरामा रहेको अन्नपुर्ण केबलकारबाट उपलब्ध हुने सेवा सुविधामा ३० प्रतिशतको विशेष छुट पाउने भएका छन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अन्नपुर्ण केबलकारबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो ।रिलायबल नेपाल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनि र अन्नपुर्ण केबल कारको तर्फबाट संञ्चालक चन्द्र बहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन् ।

रिलायबल नेपाल लाइफले जीवन बीमा कारोबार सुरु गरेको ७ वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । अन्नपुर्ण केबल कारसँगको यस समझदारीले कम्पनीका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले विश्वास लिएको छ । रिलायबल नेपाललाइफ इन्स्योरेन्सलले बीमा क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्