गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त सम्झौता—पत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
सुरक्षित भोलिको लागि स्मार्ट लगानी भन्ने उदेश्यका साथ स्थापित उक्त कम्पनी नेपालको पहिलो पुर्ण डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुजीवन बीमा कम्पनी हो ।
कम्पनीमा १४ हजारभन्दा बढी पोलिसीहोल्डर तथा ५०० भन्दा बढी एजेन्ट छन् । कम्पनीले केन्द्रीय कार्यालयसहित शाखा उपशाखा तथा एक्सटेसन काउण्टर गरी देशभर २६ वटा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।