समय : ०३:३१ am | सोमबार , पौष ७ गते २०८१

झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र

अर्थ विशेष | श्रावण १३ गते २०८१

झापा । एक वर्षमा झापामा ४७ किलोमिटर सडक कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो।
समीक्षा अवधिमा १४ किलोमिटर सडक मर्मत भएको छभने २३ दशमवल तीन दुई किलोमिटर ग्राभेल गरिएको छ। चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन्।झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा तीन दशमवल पाँच किलोमिटर सडक मर्मत, चार दशमवल दुई सय ८२ किलोमिटर ग्राभेल, तीन किलोमिटर कच्ची सडक, दुई दशमवल दुई पाँच किलोमिटर सोलिङ र शून्य दशमलव तीन सय ५५ किलोमिटर सडक कालोपत्र गरेको तथा दुईवटा मोटरेबल पुल निर्माण गरेको कार्यालयका सूचना अधिकारी उत्तम खरेलले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्