समय : ०४:३६ am | मङ्गलबार , चैत्र ९ गते २०८२

आजदेखि अधिकांश वाणिज्य बैंकमा निक्षेप ब्याजदर घट्यो, कुन बैंकले कति दिन्छ ब्याज ?

अर्थ विशेष | कार्तिक १ गते २०८१

काठमाडौं । बैंकिङ निक्षेपतर्फको ब्याजदरमा निरन्तर गिरावट आएको छ । कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गर्दै अधिकांश वाणिज्य बैंकहरूले असोज महिनाको तुलनामा मुद्दतीतर्फको ब्याजदर थप केही घटाएका छन् ।

आजदेखि लागू हुने ब्याजदरअनुसार व्यक्तिगत मुद्दतीतर्फ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै माछापुच्छ्रे बैंकले ७ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, वाणिज्य बैंक समूहकै कृषि विकास बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले सबैभन्दा थोरै ५.७५ प्रतिशत ब्याजदर दिनेछन् ।

विकास बैंकतर्फ कातिक महिनाका लागि ३ वटा बैंकहरूले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदरमा केही कटौती गरेका छन् भने अधिकांश विकास बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । तर, सांग्रिला विकास बैंकले भने असोज महिनाको तुलनामा कात्तिक महिनाको लागि ब्याजदर वृद्धि गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्