समय : १०:२५ am | सोमबार , चैत्र ९ गते २०८२

तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता

अर्थ विशेष | श्रावण १६ गते २०८१

तनहुँ। आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन्। पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन्। सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन्।उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन्। त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन्।आव २०७९/८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए। सो आवमा ५१ लाख २१ हजार आठ सय राजस्व संकलन भएको छ। आव २०७९/८० मा ६६ लाख चार हजार एक सय ६५ रूपैयाँ राजस्व संकलन भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्