समय : ०५:१९ am | सोमबार , चैत्र ८ गते २०८२

सिमलताल पहिरो : मधेस प्रदेशका मृतकका परिवारले एक लाख रूपैयाँ पाउने

अर्थ विशेष | श्रावण २ गते २०८१

धनुषा । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रूपैयाँका दरले राहत दिने भएको छ।मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने बताए।ुदुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ, मुख्यमन्त्री सिंहले रासससित कुरा गर्दै भने, ुमुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ।मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्