समय : १०:४८ am | शनिबार , चैत्र १४ गते २०८२

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

अर्थ विशेष | चैत्र १४ गते २०८२

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । प्रहरीले दुवैजनालाई आज बिहान आ-आफ्नै निवासबाट पक्राउ गरेको हो ।

जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सूर्यविनायक नगरपालिका गुण्डुस्थित बस्दै आएका ओली र सूर्यविनायक नगरपालिका कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका लेखकलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिएका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्