समय : ०४:३२ pm | मङ्गलबार , फागुन २६ गते २०८२

नेप्सेमा ३२ अंकको गिरावट

अर्थ विशेष | फागुन २६ गते २०८२

काठमाडौं । आज चुनावपछिको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । हिजो नेप्से ६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेसँगै बजार खुलेको १ घन्टामै कारोबार बन्द भएको थियो । आज भने नेप्से परिसूचक ३२ अंकले घटेर २,८४३ को विन्दुमा कायम भएको छ ।

आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५० करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ९ करोड माथिको शेयर कारोबार भएको छ ।

आँखुखोला जलविद्युतको ६९ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ६१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडि पावरको ५९ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सालपा विकास बैंकका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टारका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्