समय : ०३:२६ pm | मङ्गलबार , फागुन १९ गते २०८२

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान भित्रियो

अर्थ विशेष | फागुन १९ गते २०८२

वीरगञ्ज (पर्सा)। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु पाँच खर्ब १९ अर्ब एक करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको छ । गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ५७ अर्ब ३१ करोड अर्थात् १२ प्रतिशत बढी सामान आयात भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको सात महिनामा वीरगञ्ज नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । “चालु आवमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सामानहरुको आयातको हिस्सा बढी देखिन्छ,” उहाँले भन्नुभयो । जबकि गत आवको सात महिनामा भने रु चार खर्ब ६० अर्ब २३ करोड मूल्य बराबरका सामान आयात भएको थियो । चालु आवको सात महिनामा रु एक खर्ब छ अर्ब ४३ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात भएको छ ।

त्यसैगरी, रु ४६ अर्ब १६ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानहरुको आयात भएको छ । सोही अवधिमा रु ३५ अर्ब ८७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । रु ३५ अर्ब ६७ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ । रु २७ अर्ब ९८ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाको आयात भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्