कञ्चनपुर। आधुनिक प्रविधिको प्रयोगरी धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत कञ्चनपुरमा अनुदानका कार्यक्रम सञ्चालन गरिएका छन्।परियोजना कार्यान्वयन इकाइको समन्वयमा चक्लाबन्दीमा मेसिनको प्रयोग गरी आधुनिक प्रविधिमार्फत धानखेतीका साथै धानको बीउ उत्पादन गर्न थालिएको हो।इकाइका कार्यालयका प्रमुख सन्जु रिमालका अनुसार ध्रुवतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले शुक्लाफाँटा नगरपालिका(१० मा र माता भगवती कृषि सहकारी संस्थाले भीमदत्त नगरपालिका(१२, १४ र १६ मा कार्यक्रम सञ्चालन गरेका छन्। दुवै सहकारीले १५र१५ हेक्टर क्षेत्रफलमा मेसिनको प्रयोग गरी आधुनिक प्रविधिबाट धानखेती गर्न सहजीकरण गरिरहेका उनको भनाइ छ।
प्लास्टिको ट्रेमा धानको बेर्ना तयार गरी दुवै सहकारीमा आवद्ध किसानले पहिलो पटक धान रोप्ने मेसिनको प्रयोग गरी रोपाइँ गरिरहेका प्रमुख रिमालले बताए।ुधान रोप्दा लाग्ने लागत खर्चमा कमी ल्याउन मेसिनको प्रयोगलाई प्राथमिकता दिएका छौँु, उनले भने, ुसहकारीमा आवद्ध किसानलाई आवश्यक बीउ, विषादी, सुक्ष्म खाद्यतत्व, जाईम, धान रोप्ने मेसिन, पावर टिलर, मिनी टिलर, पावर टिलरमा लाग्ने रिपर, पावर टिलरको हिले चक्कालगायत सामग्रीमा अनुदानको व्यवस्था गरी उपलब्ध गराएका छौंँ।
योसँगै कम्बाईन मिल, पेडल थ्रेसर, म्यानुअल, सिँचाइ बोरिङ, ईलेक्ट्रिक स्प्रेयर, माटो चाल्ने मेसिन, मेसिनबाट धान रोपाइँसम्बन्धी तालिम तथा बेर्ना तयारीका लागि आवश्यक फ्रेम, प्लाष्टिकलागायत सामग्रीमा अनुदान सहयोग उपलब्ध गराइएको रिमालले जानकारी दिए।
उनका अनुसार ध्रुवतारा सहकारीलाई परियोजनाका तर्फबाट ११ लाख ४३ हजार ६ सय २५ अनुदान उपलब्ध गराइएको छ भने सहकारीले १० लाख ७७ हजार ६ सय २५ रकममा सहकार्य गरेको छ।
भगवती सहकारीलाई परियोजनाका तर्फबाट ११ लाख ९२ हजार छ सय ८८ र सहकारीले ११ लाख ६ हजार ९ सय ३८ रकम लगानी गरेको छ।
मेसिनबाट धान रोपाइँ प्रदर्शन कार्यक्रमअन्तर्गत भीमदत्त(६, ११, १५, १७ र वेदकोट नगरपालिका(९ मा एकरएक हेक्टर क्षेत्रफलका १० प्लटमा पाँच वटा चारपाङ्ग्रे मेसिनको सहतायले धान रोपाइँ भइरहेको कार्यालय प्रमुख रिमालले जानकारी दिए।
वेदकोट(३, ४, १० को एकरएक र कृष्णपुर नगरपालिका(१ को दुई स्थानमा गरी पाँच स्थानमा छरुवा प्रविधिमार्फत धानखेती भइरहेको छ। स्वदेशी हाईब्रिड धान जातीय प्रदर्शन कार्यक्रमअन्तर्गत भीमदत्त(१०, १७, १८, १९, वेदकोट(३, कृष्णपुर(१, बेलडाँडी गाउँपालिकामा(२, बेलौरी नगरपालिका(८, पुनर्वास नगरपालिका(३ र ८ मा १र१ हेक्टर क्षेत्रफलको कुल १० वटा प्लटमा हर्दिनाथ हाईब्रिड(एक धान रोपिएको छ।
ुमसिनो तथा बास्नादार धानको बजारमा अत्यधिक माग छ। स्थानीयस्तरमा उत्पादन नहुँदा बाह्य क्षेत्रबाट आयात गर्नुपर्ने बाध्यता छु, कार्यालय प्रमुख रिमालले भने, ुभीमदत्त(६, ९ र ११ मा एकरएक, वडा नं १० मा चार र वेदकोट(१, बेलौरी नगरपालिका(६ र शुक्लाफाँटा नगरपालिका(४ मा एकरएक वटागरी कुल १० स्थानमा एकरएक हेक्टर क्षेत्रफलको प्लटमा हर्दिनाथ हाईब्रिड(१, हर्दिनाथ(६, युएस(३०५, एमपि(३०३० जातका खेती गर्न किसानलाई अनुदान उपलब्ध गराइएको छ।ु
कार्यक्रमअन्तर्गत किसानलाई ८५ प्रतिशत अनुदानमा धानको बीउ, विषादी, सुक्ष्म खाद्यतत्व, जाईम, स्प्रेयर, सुपरग्रेन ब्याग, मेसिनबाट रोपाइँका लागि मेसिन अपरेटर, छरुवा धानखेतीअन्तर्गत डिएपी मललगायत कृषि सामग्री उपलब्ध गराइएको उनको भनाइ छ।
भीमदत्त(१६ स्थित रत्न कृषि बहुउद्देश्यीय सहकारी संस्थाले करिब १५ हेक्टर क्षेत्रफलमा मेसिनबाट धान रोपाइँका लागि करिब तीन हजार चार सय ट्रेमा धानको बेर्ना तयारी गरिएको छ। शुक्लाफाँटा(१० को कञ्चन कृषि वस्तु उत्पादन संकलन तथा प्रशोधन केन्द्रसँग करिब १५ हेक्टर क्षेत्रफलमा धानको सामुदायिक नर्सरी स्थापनाका लागि सम्झौता गरिएको प्रमुख रिमालले जानकारी दिए। ुयसका लागि बेर्ना तयार गरी धान रोपाइँ अगाडि बढाइएको छु, उनले भने।
धान बीउ उत्पादन सहयोग कार्यक्रमअन्तर्गत एक सय हेक्टर क्षेत्रफलमा उत्पादन गर्न बीउ उत्पादन प्रशोधन तथा बजारीकरण कार्यमा संलग्न तीन सहकारी संस्था र दुई बीउ कम्पनीसँग सम्झौता गरी बीउ उत्पादन थालिएको कार्यालय प्रमुख रिमालले बताए। उनका अनुसार सोका लागि सम्झौता अनुसार आठ लाख बजेट उपलब्ध गराइएको छ।









