समय : ०७:२५ pm | सोमबार , फागुन ११ गते २०८२

धादिङ बस दुर्घटनाः पोखराबाट ३४ यात्रु र ३ कर्मचारी लिएर काठमाडौँका लागि छुटेको थियो बस

अर्थ विशेष | फागुन ११ गते २०८२

काठमाडाैं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज बिहान दुर्घटनामा परेको बस पोखराबाट ३४ जना यात्रु लिएर काठमाडौँतर्फ प्रस्थान गरेको खुलेको छ । उक्त भयानक दुर्घटनामा परी १७ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अनुसार ग १ ख १४२१ नम्बरको उक्त बस आइतबार साँझ ७ बजे पोखराको पर्यटक बसपार्कबाट काठमाडौँका लागि छुटेको थियो । समितिका अध्यक्ष ऐनबहादुर साईले पोखराबाट छुट्दा बसमा ३४ यात्रुसहित एक चालक र दुई सहचालक गरी जम्मा ३७ जना सवार रहेको जानकारी दिए ।

“पोखराबाट छुट्दा चालक र कर्मचारीसहित बसमा ३७ जना सवार थिए । तर मृतक र घाइतेको सङ्ख्या (४१ जना) हेर्दा बीच बाटोबाट अन्य यात्रु पनि चढेको अनुमान गरेका छौँ,” अध्यक्ष साईले भने ।

दुर्घटनाको विस्तृत विवरण र मृतकहरूको सनाखत हुने क्रम जारी रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पताल तथा काठमाडौँमा उपचार भइरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्