समय : ११:४६ am | बुधबार , माघ २१ गते २०८२

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालन

अर्थ विशेष | माघ १९ गते २०८२

काठमाडौं । कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आइतबार लाइन सञ्चालन सुरु गरेका हुन् ।

आयोजना सञ्चालनपछि शाक्यले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्जमा ल्याउन सफल भएको बताउँदै यसबाट गुणस्तरीय विद्युत उपयोग गर्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।उनले यो आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र उनीहरुले सबैभन्दा बढी विद्युत उद्योगमा खर्च गर्नेमा प्राधिकरण आशावादी रहेको पनि बताए ।

कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको हो । यसले ओभरलोड हुने समस्या, छिनछिनमा बत्ती गइरहने समस्या र लो–भोल्टेजको समस्यामा सुधार आउने अपेक्षा गरिएको छ ।उनले यो आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र उनीहरुले सबैभन्दा बढी विद्युत उद्योगमा खर्च गर्नेमा प्राधिकरण आशावादी रहेको पनि बताए ।

कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको हो । यसले ओभरलोड हुने समस्या, छिनछिनमा बत्ती गइरहने समस्या र लो–भोल्टेजको समस्यामा सुधार आउने अपेक्षा गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्