समय : ०४:३३ pm | शुक्रबार , चैत्र १३ गते २०८२

प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट

अर्थ विशेष | मंसिर १९ गते २०८२

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेट गरेकी छन् ।

आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने सन्दर्भका विविध पक्षमा छलफल गर्नका लागि शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी र्दिए । 


सो अवसरमा महामहिम राजदूतले सरकारको समयमै चुनाव गराउने सङ्कल्पको सराहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहो¥याए ।


प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकासलगायत विविध क्षेत्रमा पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग–सद्भाव रहने विश्वास व्यक्त गरे।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्