समय : ०७:४६ am | मङ्गलबार , फागुन १९ गते २०८२

वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

अर्थ विशेष | मंसिर ११ गते २०८२


वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् ।

गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।

वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु १७ अर्ब ३२ करोडको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।
–––

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्