समय : १२:१३ am | बुधबार , फागुन १९ गते २०८२

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

अर्थ विशेष | मंसिर ३ गते २०८२

काठमाडौं । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले निषेधित क्षेत्रको पदयात्रामा एक जना मात्र विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न माग गरेको छ ।काठमाडौं । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले निषेधित क्षेत्रको पदयात्रामा एक जना मात्र विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न माग गरेको छ ।

टानका अध्यक्ष सागर पाण्डेले सडक सञ्जालको निर्णयका कारण निषेधित क्षेत्रमा गरिने पदयात्राको अवधि छोट्टिएका कारण पर्यटकले निषेधित क्षेत्रमा बिताउने वास्तविक दिनका आधारमा पदयात्रा अनुमति दस्तुर लिने व्यवस्था टानले लामो समयदेखि उठाउँदै आएको जानकारी दिए ।

माथिल्लो मुस्ताङजस्तै माथिल्लो डोल्पा क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई पनि पदयात्रा अनुमतिपत्र लिनुपर्ने हालको नियमलाई परिमार्जन गरी पर्यटकको वास्तविक बसाइँ अवधिका आधारमा शुल्क लिने व्यवस्था मिलाउन उनले सरकारसँग आग्रह गरे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्