काठमाडौँ । सिजनको सुरुवातमै नेपाल भित्रिने पर्यटकको संख्या घटेको छ । सेप्टेम्बर महिनामा सेप्टेम्बरमा कुल ७८ हजार ७११ पर्यटक नेपाल भित्रिएका छन् ।जुन तथ्यांक अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.३ प्रतिशतले कमी भएको नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । जबकि सन् २०२४ को सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल आएका थिए ।
सिजनको सुरुमै (सेप्टेम्बर ८ र ९) जेनजी आन्दोलन हुँदा यसको असर पर्यटन क्षेत्रमा परेको आँकलन गरिएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा अशान्ति फैलिएसँगै पर्यटकहरू पनि नेपाल आउन डराएको हुनसक्ने पर्यटन व्यवसायीहरू बताउँछन् । विभागको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटकमध्ये दक्षिण एसिया क्षेत्रबाट २४ हजार २८५ पर्यटक आएका छन्, जबकि सन् २०२४ मा ३३ हजार ६११ पर्यटक आएका थिए । यो २७.७% गिरावट हो ।एसियाको अन्य क्षेत्रबाट सन् २०२५ मा १२,५९० पर्यटक यस क्षेत्रबाट आएका छन्, जुन सन् २०२४ को १८ हजार ९८९ को तुलनामा ३३.७% ले कम हो ।
यस्तै युरोपबाट पनि ८ सेप्टेम्बरमा आउने पर्यटकमा ८ प्रतिशत गिरावट आएका छन् । सन् २०२५ को सेप्टेम्बरमा १६ हजार ५९७ पर्यटक भित्रिएका छन्, जुन सन् २०२४ को १८ हजार ५० आएका थिए ।
सेप्टेम्बरमा यो वर्ष अमेरिकाबाट ११ हजार ५२३ पर्यटक आएका छन्, जबकि सन् २०२४ मा १२ हजार १४९ पर्यटक आएका थिए । यहाँ पनि ५.२% को कमी रहेको छ ।
यस्तै मध्यपूर्व क्षेत्रबाट २ हजार ३२८ पर्यटक आएका छन्, जुन सन् २०२४ को २ हजार ५८८ को तुलनामा १०.% ले कम हो । अफ्रिकाबाट सन् २०२५ मा ३४४ पर्यटक मात्र आएका छन्, जुन सन् २०२४ को ४५९ को तुलनामा २५.१% ले कम हो ।
यस्तै अन्य मुलुकहरूबाट सन् २०२५ मा ३ हजार ७३० पर्यटक आएका छन्, जुन सन् २०२४ को ४ हजार ९४८ को तुलनामा १८.३% ले कम हो ।
पर्यटक आगमनमा समग्र गिरावट देखिए पनि ओसेनिया क्षेत्रले भने सकारात्मक वृद्धि देखाएको छ । सन् २०२५ को सेप्टेम्बरमा ओसेनियाबाट ७ हजार ३१४ पर्यटक आएका छन्, जबकि सन् २०२४ मा ५ हजार ५०८ पर्यटक आएका थिए । यो ३२.८% को उल्लेखनीय वृद्धि हो ।
समग्रमा, सन् २०२५ को सेप्टेम्बरमा नेपालको पर्यटन क्षेत्रले अघिल्लो वर्षको तुलनामा ठुलो चुनौती सामना गरेको देखिन्छ। मुख्य बजार मानिने दक्षिण एसिया र अन्य एसियाली राष्ट्रहरूबाट पर्यटक आगमनमा आएको भारी गिरावटले यस वर्षको समग्र पर्यटन आगमनलाई प्रभावित गरेको छ ।









