समय : ०९:५३ am | आइतबार , चैत्र १५ गते २०८२

२७ खर्ब ४३ अर्ब नाघ्यो सार्वजनिक ऋण

अर्थ विशेष | असाेज ९ गते २०८२

काठमाडौं । चालु आर्थिक वर्षको भदौसम्म नेपालको सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड पुगेको छ । जसमध्ये आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब ८२ करोड छ भने बाह्य ऋण १४ खर्ब ६१ अर्ब ५४ करोड छ ।

सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४४ दशमलव ९२ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौमा ६९ अर्ब ३२ करोड सरकारी ऋण थपिएको छ । तर सरकारले दुई महिनामा साँवा–ब्याज तिर्न ७८ अर्ब ६७ करोड खर्च गरेको छ । साँवा–ब्याज तिर्न दुई महिनामा ९ अर्ब ३५ करोड राजस्वबाट थप्नुपरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २६ खर्ब ७४ अर्ब ४ करोड रहेको सार्वजनिक ऋण दुई महिनामा ६९ अर्ब ३२ करोड बढेर सार्वजनिक ऋण दायित्व २७ खर्ब ४३ अर्ब ३७ करोड पुगेको हो । जुन कुल गार्हस्थ उत्पादनको ४४ दशमलव ९२ प्रतिशत हो ।

कुल सार्वजनिक ऋणमा भदौ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव २८ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ७२ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण लिने सरकारले लक्ष्य राखिएकोमा भाद्र मसान्तसम्ममा ७९ अर्ब १५ करोड ऋण लिएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति १३ दशमलव २९ प्रतिशत हो । जसमध्ये आन्तरिक ऋण १९ दशमलव ३४ प्रतिशत र बाह्य ऋण ३ दशमलव ९२ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक ऋणको हिस्सा ८८ दशमलव ४३ र बाह्य ऋणको हिस्सा र ११ दशमलव ५७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण तिर्न ४ खर्ब ११ अर्व १ करोड बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्म ७८ अर्ब ६७ करोड भुक्तानी भएको छ । जुन वार्षिक बजेट विनियोजनको आधारमा १९ दशमलव १४ प्रतिशत हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्