समय : ०९:३० pm | आइतबार , चैत्र १५ गते २०८२

निषेधाज्ञा जारी भएपछि सेयर कारोबार स्थगन

अर्थ विशेष | भाद्र २४ गते २०८२

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पुँजीबजारको कारोबार स्थगित गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको हो । उपत्यकाभित्र निषेधाज्ञा आदेश जारी भएपछि धितोपत्र कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगनका लागि अनुरोध भइआएको पनि नेप्सेले जनाएको छ ।

सूचनामा भनिएको छ, “चक्रपथभित्र कफ्र्यु आदेश जारी भएको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भइआएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ । ”
–––

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्