समय : ११:०८ pm | आइतबार , चैत्र १५ गते २०८२

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरुद्ध जेनजी पुस्ताले माइतीघरमा प्रदर्शन गर्दै

अर्थ विशेष | भाद्र २३ गते २०८२

काठमाडौं । सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गर्न लागेका छन् । भ्रष्टाचार र सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरुद्धमा जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।

विभिन्न सामाजिक सञ्जालमा प्रदर्शनका लागि ट्रेन्डिङ सिर्जना गरेर उनीहरूले प्रदर्शनको तयारी गरेका थिए । प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट युवाहरूले अनुमति समेत लिइसकेका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्नलाई प्रशासनले रोकेको छैन।

जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन्। खासगरी उनीहरूले केही दिनदेखि विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममार्फत ‘नेपो बेबिज’ नाममा भ्रष्टाचार विरुद्धको आन्दोलन नै छेड्दै आएका छन् । माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने कार्यक्रम उनीहरूको छ ।

जेनजी पुस्ताको आन्दोलनलाई कलाकार, नागरिक समाजका अगुवादेखि विभिन्न राजनीतिक दल र नेतृत्वले समेत समर्थन गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, बालेन्द्र साह, दुर्गा प्रसाइँ लगायतका थुप्रै नेता र प्रतिष्ठित कलाकारले आन्दोलनलाई औपचारिक रूपमा नै समर्थन जनाएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्