काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव १० अंकले घटेर २,७८१ को विन्दुमा कायम भएको छ । आज २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ७८ लाख ९१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६० करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३५ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मैलुङ खोलाका लगानीकर्ताले ३ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टार हाइड्रोका लगानीकर्ताले ३ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ओरिएन्टल होटल्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ४ दशमलव ७१ प्रतिशतका दरले गुमाएका छन् ।