समय : ०४:४८ am | मङ्गलबार , चैत्र १६ गते २०८२

हाइड्रोको आईपीओ रोकिएपछि आन्दोलनको अवस्थामा पुग्यौँ : इप्पान अध्यक्ष

अर्थ विशेष | असार ३१ गते २०८२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत कम्पनीहरूको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अवरुद्ध हुन थालेपछि निजी क्षेत्र आन्दोलनको अवस्थामा पुगेको बताएका छन् ।

इप्पानको २३औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष कार्कीले जलविद्युत् आयोजना सञ्चालन गर्न आवश्यक पूँजी जुटाउन आईपीओ महत्वपूर्ण माध्यम भए पनि पछिल्लो समय सरकार र नियामक निकायले प्रक्रिया सहज बनाउन चासो नदिएको कार्कीको भनाई थियो ।

उनले जलविद्युत् आयोजनामा सर्वसाधारणको लगानी विस्तार गर्न तथा मुलुकलाई ऊर्जा आत्मनिर्भर बनाउने लक्ष्य हासिल गर्न शेयर निष्कासन सहज हुनुपर्ने धारणा राखे ।

अध्यक्ष कार्कीले अवस्था यथावत् रहेमा निजी क्षेत्र आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । उनले लगानीमैत्री वातावरण बनाउन नीति तथा कानूनमा सुधार आवश्यक रहेको धारणा राखे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्