समय : ०९:५९ am | सोमबार , चैत्र १६ गते २०८२

गण्डकीको बजेट ३१ अर्ब ९८ करोड

अर्थ विशेष | असार १ गते २०८२

पोखरा। गण्डकी प्रदेश सरकारले आगामी आवका लागि ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै चालुतर्फ १२ अर्ब ६३ करोड अर्थात् ३९ दशमलव ५ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात् ५९ दशमलव ७ प्रतिशत हो ।वित्तीय व्यवस्थापनका लागि २५ करोड विनियोजन गरिएको छ ।

७ अर्ब ७३ करोड रुपैयाँ वित्तीय समानीकरणबाट प्राप्त हुँदा ९ अर्ब २९ करोड राजश्व बाँडफाँटबाट प्राप्त हुने सरकारको अनुमान छ ।

आन्तरिक आम्दानी ५ अर्ब ४५ करोड हुने र १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाइने अर्थ मन्त्रीले बताए । नपुग सवा २ अर्ब रुपैयाँ चालु आवको बजेटबाट खर्च नभई सञ्चित कोषमा रहने अर्थमन्त्री गुरुङले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्