काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सरकारले औपचारिकताका लागि मात्रै ल्याएको जस्तो देखिएको बताएका छन् । यसले जनतामा निराशा पैदा गरेको उनले उल्लेख गरे ।काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सरकारले औपचारिकताका लागि मात्रै ल्याएको जस्तो देखिएको बताएका छन् । यसले जनतामा निराशा पैदा गरेको उनले उल्लेख गरे ।
सांसद राजेन्द्रप्रसाद पाण्डेले आर्थिक मन्दी, युवा पलायन र रेमिट्यान्सको भरमा देशको अर्थतन्त्र निर्भर रहनुपर्ने अवस्था भएको बताए । ‘विभिन्न जातजातिबीच द्वन्द्व छ, यतिबेला संस्थाका असक्षमता र कुशासनलाई सच्याउने ठोस योजना लिएर नीति तथा कार्यक्रम आउन सकेन, आम जनताको जीविकोपार्जनमा देखिएका समस्या समाधान गर्नेगरी यो नीति तथा कार्यक्रम आउन सकेन’,उनले भने ।









