काठमाडौं ।नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति पाँच वर्षमा झण्डै ६० लाखले रुपैयाँ बराबरले थप भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार गभर्नरको सम्पत्ति पाँच वर्षमा ५९ लाख ४९ हजार ३८४ रूपैयाँले बढेको हो ।नेपाल राष्ट्र बैंकको गभर्नर हुनु अगाडि अधिकारीको सम्पत्ति तीन करोड ४९ लाख सात हजार तीनसय १८ रुपैयाँ बराबरको रहेको थियो ।
पाँच वर्षमा उनको सम्पत्ति बढेर चार करोड आठ लाख ५६ हजार सात सय दुई रुपैयाँ बराबर पुगेको हो ।









