काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले तीव्र औद्योगीकरणबाट मात्रै रोजगारी सृजना र अर्थतन्त्र सुधार गर्न सकिने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले औद्योगिक क्षेत्रको सुधार तथा विकास मन्त्रालयको प्राथमिकतामा रहेको बताए ।
उनले आर्थिक तथा सामाजिक विकासका लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्रको रूपमा अपार सम्भावना बोकेको उद्योग र व्यवसाय क्षेत्रको विकास बिना देशको अर्थतन्त्र सुधार गर्न नसकिने धारणा व्यक्त गर्दै समग्र औद्योगिक क्षेत्रको प्रवद्र्धन तथा नीतिगत सुधार मार्फत ‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय आंकाक्षा पुरा गर्ने दिशामा सरकारले लागिपरेको उनले बताए।

स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने गरी छुट, सहुलियत, प्रोत्साहन लगायतका कार्यक्रमहरू सञ्चालन गरिएको बताउँदै मन्त्री भण्डारीले मुलुकमा औद्योगिक लगानीको वातावरण सुधार गरी लगानीमैत्री वातावरण बनाउन, स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्न, उत्पादन र उत्पादकत्व बढाउँदै रोजगारी सिर्जना तथा आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न विभिन्न नीतिगत एवं कानुनी सुधारका साथै व्यवसायमैत्री हुने गरी प्रक्रियागत सरलीकरण गरिएको समेत जानकारी दिए।
यस वर्ष नेपाल सरकारले लगानीको वातावरण सुधार र औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न जारी भएका अध्यादेश लगायतका कानुनी र नीतिगत व्यवस्था मार्फत औद्योगिक वातावरणलाई सहजीकरण गरेको मन्त्री भण्डारीको भनाई छ । यसबाट निजी क्षेत्रको समग्र मनोबल उच्च भएको उहाँको दाबी छ ।