समय : १०:२७ am | बिहिबार , चैत्र १२ गते २०८२

बालीको बिमा गराउन सांसदको माग

अर्थ विशेष | चैत्र ३ गते २०८१

काठमाडौँ । सांसद हितराज पाण्डेले गत फागुन २८ र २९ गते गण्डकी एवं बागमती प्रदेशका विभिन्न जिल्लामा आएको असिनाबाट किसानलाई ठूलो क्षति भएको बताउँदै क्षतिको तथ्याङ्क सङ्कलन गरी संसद्मा जानकारी गराउन माग गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले किसानको बालीको बिमा गराउन माग समेत गरे ।

सांसद रामहरि खतिवडाले सभामुखको दाहिनेतिर राखिएको क्यामेरा बिग्रिएकाले मर्मत गर्न माग गरे । सांसद मनीष झाले विसं २०८० भदौ ५ गतदेखि झापाको सुरुङगास्थित नेपाल टेलिकमको कार्यालयका लेखा अधिकृत तथा निमित्त कार्यालय प्रमुख दिलीप सुवेदी बेपत्ता रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराए । उक्त घटनाको शीघ्र अनुसन्धान गरी पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन समेत उनले माग गरे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्