समय : ०६:०३ am | मङ्गलबार , असार २४ गते २०८२

राष्ट्र बैंकद्वारा पे वेल र सजिलो पे को बैंक खाता रोक्का

अर्थ विशेष | जेठ २२ गते २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । केन्द्रीय बैंकले पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिको बैंक तथा वित्तीय संस्थामा रहेको सबै खाताहरु रोक्का गरेको हो ।

यी दुवै संस्थाबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा दुवै संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधालाई सम्बोधन हुनेगरी यथाशीघ्र छानबिन सम्पन्न गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

पेवेल नेपालले अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेजले बालुवाटारबाट सेवा दिदै आएका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्