समय : ०४:३७ pm | बुधबार , चैत्र ११ गते २०८२

अमेरिकी डलरको मूल्य १४०.२५ रुपैयाँ पुग्यो

अर्थ विशेष | माघ २४ गते २०८१

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज थप नयाँ उचाइमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३९.६५ रुपैयाँ र बिक्रीदर १४०.२५ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत माघ २२ गते खरिदर १३९.२० रुपैयाँ र बिक्रीदर १३९.८० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

आज युरोपियन यूरोको एकको खरिदर १४५.४९ रुपैयाँ र बिक्रीदर १४६.११ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.११ रुपैयाँ र बिक्रीदर १७५.८७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५४.८१ रुपैयाँ र बिक्रीदर १५५५.४७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.७६ रुपैयाँ र बिक्रीदर ८८.१४ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.७२ रुपैयाँ र बिक्रीदर ९८.१४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.५२ रुपैयाँ र बिक्रीदर १०३.९७ रुपैयाँ, जापानी येन १० को खरिददर ९.१४ रुपैयाँ र बिक्रीदर ९.१८ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.२० रुपैयाँ र बिक्रीदर १९.२८ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३७.२३ रुपैयाँ र बिक्रीदर ३७.३९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.३० रुपैयाँ र बिक्रीदर ३८.४७ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१६ रुपैयाँ र बिक्रीदर ४.१८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३८.०२ रुपैयाँ र बिक्रीदर ३८.१८ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.५८ रुपैयाँ र बिक्रीदर ३१.७१ रुपैयाँ तोकेको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६७ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.८१ रुपैयाँ र बिक्रीदर १२.८७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.५० रुपैयाँ र बिक्रीदर १९.५९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.९३ रुपैयाँ र बिक्रीदर १८.०१ रुपैयाँ तोकेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४५२.६६ रुपैयाँ र बिक्रीदर ४५४.६० रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३७०.४१ रुपैयाँ र बिक्रीदर ३७२.०१ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६२.६९ रुपैयाँ र बिक्रीदर ३६४.२५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्