समय : ०१:३५ pm | बुधबार , चैत्र ११ गते २०८२

साताको अन्तिम नेप्से २५ अंकले बढ्यो

अर्थ विशेष | माघ १५ गते २०८१

काठमाडौं ।साताको अन्तिम शेयर बजार आज बढेर बन्द भएको छ । आज मंगलबार भएपनि बुधबार र बिहीबार सार्वजनिक बिदा भएकाले गर्दा आज साताको अन्तिम कारोबार भएको हो ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा पुगेको छ । नेप्से ०.९३ प्रतिशतले बढ्दा करिब साढे ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै ९ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार १०५ कित्ता शेयर कारोबार भएको छ ।

१७७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर भएको छ ।

आज ३२५ वटा कम्पनी कारोबारमा आउँदा ९५ हजार ९७ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये सबै समूह बढेको छ ।

सबैभन्दा बढी विकास बैंक समूह ४.०७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम जीवन बीमा समूह ०.०८ प्रतिशतले बढेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्