काठमाडौं । सहकारीसम्बन्धी अध्यादेश जारी भएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश पारित गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।









