समय : ०१:३८ am | सोमबार , पौष ७ गते २०८१

पाँच महिनामा झन्डै ६ खर्बको आयात

अर्थ विशेष | पौष ७ गते २०८१


काठमाडौं ।गत आर्थिक वर्षको तुलनामा नेपालको वैदेशिक व्यापार बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा नेपालको वैदेशिक व्यापार ४.२१ प्रतिशतले वृद्धि भएको देखिएको हो ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् मंसिर मसान्तसम्म नेपालको नेपालमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको भएको छ । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३ प्रतिशत बढीले आयातमा वृद्धि भएको छ ।

वैदेशिक व्यापारमा भएको वृद्धिसँगै निर्यातमा पनि सुधार भएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिना अवधिमा नेपालबाट ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रूपैयाँको विभिन्न वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यातमा १६.५४ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा नेपालबाट ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।समीक्षा अवधिमा नेपालको तर्फबाट भएको कुल वैदेशिक व्यापारमा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । सो व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५२ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्